१० श्रावण २०८१, बिहीबार

हत्याका आरोपी ८ वर्षपछि पक्राउ



धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले एक जना हत्याका आरोपीलाई आठ वर्ष सात महिनापछि पक्राउ गरेको छ ।

२०६८ मंसिर १८ गते धनगढी–१ का सुरेन्द्रबहादुर सिंहको हत्याको अभियोग लागेका सुवर्ण श्रेष्ठलाई प्रहरीले शनिबार पक्राउ गरी आइतबार अदालतमा हाजिर गराएको हो । धनगढी–८, दुर्गा मन्दिरमा बेलो हेर्न क्रममा श्रेष्ठ सहित दुई जनाले कुटपिट गरी सिंहको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जनाए ।
प्रहरीका अनुसार दुई जना मध्ये एक जनालाई जिल्ला अदालतले २० वर्ष जन्म कैद २० बर्ष फैसला सुनाएको छ । फरार रहेका श्रेष्ठलाई धनगढी–९ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार