१० श्रावण २०८१, बिहीबार

जन्मदिनमा विभिन्न संघ संस्थामा सहयोग



कैलाली । कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुवरले धनगढी का २ वटा आश्रम लाई पंखा लगायतका सामाग्री सहयोग गरेको छ ।

आफनो जन्म दिनको अबसर पारेर शनिबार धनगढीको आमाको माया छात्राबास, मानबसेवा आश्रममा रहेका बेसाहारा बालबालिका, आमा बुबालाई पंखा, फलपुल मिठाई लगायत सहयोग गरेको हो ।

आमाको माया छात्राबासका संरक्षक गोगेन्द्र बहादुर चन्द लाई ६ वटा पंंखा फलफुल लगाएतका सामाग्री हस्तान्तरण गरे भने मानबसेवा आश्रमका अध्यक्ष आर्दश ढकाल लाई ४ वटा पंखा हस्तान्तरण गरी सहयोग गरेको कुवर ले बताए ।

आमाको माया छात्राबासमा ३४ जना बालबालिका रहेका छन भने मानबसेवा आश्रममा ३२ जना आमा बुबा र ३ जना बालबलिका रहेको आश्रमका सल्लाहाकार सिद्धराज पनेरुले जानकारी दिए ।

साथै कुवरले कोभिड १९ को बारेमा र्फन्ट लाईनमा रहि सुचना पर्वाहा गर्ने पत्रकार लाई पनि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । पत्रकारलाई माक्स सेनिटाईजर, डिटोल लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको कुवर बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार