१० श्रावण २०८१, बिहीबार

कांग्रेस नेता पुष्करनाथ ओझा ५ वर्षका लागि पार्टीबाट निष्कासित



धनगढी । नेपाली कांग्रेसका नेता पुष्करनाथ ओझा पार्टीबाट निष्कासित गरिएको छ । नेपाली कांग्रेसको अनुशासन समितिले ओझालाई पार्टीबाट निष्कासन गरेको हो । 

पूर्वमन्त्री एवम् कैलालीका महासमिति सदस्य ओझालाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको छ । उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ ।

यस्तै नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, र रामबहादुर विष्टलाई पार्टीबाट निष्काशन गरेको छ । डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निष्काशन गरिएको छ । गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको समितिले जनाएको छ ।

अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो । तर जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उल्लंघन गरेको पाईएकाले पार्टीबाट निष्कासन गर्ने निर्णय भएको समितिले बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार