युवा क्लबद्धारा धनगढीको राजपुरमा सरसफाइ अभियान शुरु
धनगढी । धनगढी उपमहानगर १३ स्थित राजपुर आसपासका क्षेत्रमा सरसफाई अभियान शुरु गरेको छ ।
राजपुर युबाक्लबले ग्रिन किलिन राजपुर राखेर आज सो क्षेत्रमा सरसफाई अभियान शुरु गरेका हुन ।
युबा क्लबले वडा नं १३ का वडाअध्यक्ष बिजयराज जोशी र असई रघुबिर कडाएतको अगुवाईमा सरसफाई अभियान शृरु गरेको युबा क्लबका सल्लाहाकार निरासा सनम ले अनुमोदन अनलाईनलाई जानकारी दिए ।
झलारी आसपासका गाउं, राजपुर बजार, बोराडाडी, बिद्यालय लगायतका क्षेत्रमा सरसफाई गरेको क्लबका अध्यक्ष बेशब बुढाले बताए ।
सरसफाई अभियानमा २५ जनाको सहभागिता रहेको उनले बताए । सफा सहर, स्वच्छ बिद्यालय, फेहोरमुक्त गाउ निर्माण गर्दै, ग्रिन क्लिन राजपुर बनाउने उद्देश्यले युबा क्लब सरसफाई अभियानमा होमिएको अध्यक्ष बुढाको भनाई छ ।