लम्कीमा एक युवक माथि दिनदहाडै खुकुरी प्रहार

कैलाली । कैलालीमा एक युवक माथि दिनदहाडै खुकुरी प्रहार भएको छ ।
सैलुनमा कपाल काटेर बाहिर निस्कने क्रममा एक समूहले आक्रमण गर्दा लम्की चुहा नगरपालिका१ का २८ वर्षीय रमेश बहादुर शाही घाइते भएका हुन् ।
उनी माथि ७/८ जनाको समुहले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनको शरीरमा चोट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
अहिले घाईते शाहीको लाल रत्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।