१० श्रावण २०८१, बिहीबार

सामुदायिक बनमा तारबार गर्न एसएसबीको अवरोध



कञ्चनपुर । भीमदत्त नगरपालिका वडा नम्बर ९ स्थित ब्रह्मदेबमा सिद्धनाथ सामुदायिक वनमा तारबार गर्न भारतीय एसएसबीले अवरोध गरेको छ । सामुदायिक वनले खाली क्षेत्रमा वृक्षारोपण र तारबार गर्न थालेको थियो ।

सामुदायिक वनका सहसचिव रमेश धानुकले सामुदायिक वनमा तारबार थालेपछि एसएसबीले विवाद झिकेको बताए ।
‘बाँझो जमिन थियो, त्यसमा घेरबार गरी वृक्षारोपण गरिरहेका थियौ’ सहसचिव धानुकले भने– ‘एसएसबीले एकाएक काम नगर्न धम्की दियो ।’

एसएसबीले विवादित भूमि भएकाले तारबार नगर्न धम्की दिएको उनले बताए । सशस्त्र प्रहरी बलले ब्रह्मदेवमा आएको समस्या समाधानका लागि पहल गरि रहेको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरसिंह शाहुले ब्रह्मदेवमा आएको समस्या समाधानका लागि भारतीय पक्षसित समन्वय भइरहेको बताए ।

भारतले गत वर्ष ब्रह्मदेब बजारसम्मको सडक जोड्न अवरोध गरेपछि अहिलेसम्म निर्माण हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार