१७ बैशाख २०८१, सोमबार

सरकारको घोषणा- अब लकडाउन अन्त्य



शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना भने अझै नखुल्ने 

काठमाडाैं । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन अन्त्य भएको बताएको छ ।

मन्त्रिपरिषद्को  निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले गत ११ चैतदेखि जारी लकडाउन मंगलबार राति १२ बजेदेखि अन्त्य हुने बताएका हुन् । उनले भने, ‘हामी अब लकडाउनमा छौं भन्न परेन ।’ 

खतिवडाले सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेका छन् । लकडाउन अन्त्य भएपनि कतिपय सेवा क्षेत्रहरु भने बन्द नै रहने र बाँकी ठाउँमा संक्रमणको अवस्था हेरेर लकडाउन हुन सक्ने खतिवडाले स्पष्ट पारे ।  


अझै प्रतिवन्धका क्षेत्र

तर सरकारले शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना भने अझै खुल्न नदिने जनाएको छ ।

तर सरकारले होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ । भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको छ ।

यस्तै यस्तै आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्लाका यातायात भदौ १ गतेबाट खुला हुनेछ । अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार