१० श्रावण २०८१, बिहीबार

विभिन्न स्थानमा शंकास्पद बस्तु



धनगढी । कैलालीका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका छन ।

नेत्र बिक्रम चन्द (बिप्लव) को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले धनगढीका चार स्थानमा शंकास्पद बस्तु राखेकाे जनाइएकाे छ । जसमध्ये चार स्थानमा राखिएका शंकास्पद बस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ ।

बिप्लव समूहले सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्बाधार विकास मन्त्रालयसंगै अमित मेडिसन डिष्टिव्युटर्सलाई लक्षित गरी राखेका शंकास्पद बस्तु सेनाको टोलीले मंगलबार बिहान निस्क्रिय पारेको हो ।

बिप्लव समूहले कैलालीको लम्की चुहा नगरपालिकामा राखेको शंकास्पद बस्तु सेनाकाे टाेलीले निस्क्रिय पार्न घट्नास्थल तर्फ गएको जनाइएकाे छ ।

आफ्ना कार्यकर्ता पक्राउ गरेको बिरोधमा मंगलबार विप्लव समूहले सुदूरपश्चिम बन्द आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले नेपाली सेनाको टोलीले अर्थ मन्त्रालय अगाडी भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार