१० श्रावण २०८१, बिहीबार

एकै दिन बाढी र पहिरोका आठ घटनाः दुईको मृत्यु, दुई वेपत्ता



धनगढी । सुदूरपश्चिम प्रदेशमा एकै दिन बाढी र पहिरोका आठ घटनामा दुई जनाको मृत्यु भएको छ । घटनामा दुई जना वेपत्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालय दीपायलका अनुसार बाढी र पहिरोका कारण दार्चुलामा दुई जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोबाट बाजुरामा दुई घर पूर्णरुपमा क्षति भएका छन भने दार्चुलामा २३ घर पूर्ण र एक घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै, दार्चुलाका तीन वटा घर जोखिममा रहेको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

उनले बाढी र पहिरोबाट के कति मूल्य बराबरको क्षति भयो भन्ने बारे अझैं पूर्ण विवरण आउन नसकेको बताए ।
बाढी तथा पहिरोका कारण बाजुरामा एक र दार्चुलामा तीन वटा पशुचौपायको मृत्यु भएको छ ।

बाढी तथा पहिरोका कारण कल्र्भट, पुल, खानेपानी ट्यांकी लगायतमा क्षति पुगेको छ । त्यस्तै, पहिरोका कारण बाजुरामा समैजी आधारभुत माध्यामिक विद्यालयको १२ कोठे भवनमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार