१० श्रावण २०८१, बिहीबार

बन्दको पुर्व सन्ध्यामा (विप्लव) नेकपा द्वारा मशाल जुलुस प्रदर्शन



मसुरिया । आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेतृत्वको (नेकपा) ६ गते मंगलबार अाह्वान गरेको बन्दको प्रचारप्रसार अन्तर्गत साेमबार मशाल जुलुस प्रदर्शन गरेको छ ।

गौरीगंगा नगर कमिटिको अायोजनामा वडा नं १० उदाशिपुरमा मशाल जुलुस प्रदर्शन गरेको हो ।

कृत्रिम मुद्धा बनाएर कार्यकर्ता पक्राउ गरेको भन्दै ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले भोली ६ गते सेती महाकाली बन्दको आह्वान गरेको छ।

सरकारले झुठा मुद्दा लगाएर राज्य अातंक गरेको, नेकपा माथि राजनीतिक प्रतिबन्ध लगाएर गैरन्यायिक तबरले पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहाको माग गर्दै विप्लव नेतृत्वको नेकपाले संघर्ष कार्यक्रम अन्तरगत भोली बन्दको आह्वान गरिएको हो।

गएको बुधबार कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका- ७ बाट विप्लवका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो। उनीहरुका साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार