७ कार्तिक २०८१, बुधबार

सिकारी बाज चरा मार्ने चार जना पक्राउ



धनगढी । धनगढीमा सिकारी बाज चरा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतबार राती धनगढी उप–महानगरपालिकाको बोराडाँडी क्षेत्रबाट बाज चरा मारेर लैजादै गरेको अवस्थामा अस्थायी प्रहरी विट चटकपुरबाट खटिएको प्रहरीको टोलीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय कमल राना, २९ वर्षीय प्रलाद राना, ३० वर्षीय देवसिह राना र ३२ वर्षीय आशा राना रहेका छन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले उनीहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाईएको बताए ।

उनीहरुले कञ्चनपुरको लालझाडी संरक्षित क्षेत्रबाट बाज मारेर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेँलले मरेको बाज सहित चार जनालाई हिरासतमा राखेर अनुसन्धान भईरहेको जानकारी दिए । उनले बाज संरक्षित चरा भएकाले अनुसन्धान गरी प्रचलित कानुन अनुसार आवश्यक कारवाही गरिने बताए । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार