१० श्रावण २०८१, बिहीबार

६६ प्रतिशत काेराेना संक्रमित निकाे



धनगढी। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ६६ दशमलव १२ कोरोना संक्रमित निको भएको जनाएको छ ।

नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले हालसम्म ११ हजार ६ सय ३६ जना संक्रमित निको भएको जनाएका हुन् । उनले पछिल्लो २४ घन्टामा १ सय ३ जना निको भएको बताए ।

मुलुकभरका क्‍वारेन्टाइनमा २३ हजार २ सय ७५ र आइसोलेसन ५ हजार ८ सय २५ जना रहेको उनले बताएका छन् । शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय २ पुगेको छ । मृत्यु हुनेकाे संख्या ४० पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार