१० श्रावण २०८१, बिहीबार

धनगढीका सात जनामा काेराेना पुष्टी



धनगढी । धनगढी उपमहानगरपालिकामा सात जनामा काेरोना संक्रमणा पुष्टि भएको छ भने पुनर्वास नगरपालिकामा एक जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा धनगढीका चार महिला र तीन पुरूष तथा पुनर्वासकी एक महिलामा काेराेना संक्रमण पुष्टी भएकाे हाे । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा २ सय ३७ नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको हो ।

नयाँ सङ्क्रमितहरूमा मध्ये धनगढी वडा नं. १ का २२ वर्षीय पुरुष, धनगढी १४ का १९ र २४ बर्षिया महिला, धनगढी १५ का २४ र २८ बर्षिया महिला, धनगढी १८ का ४५ र ४८ वर्षीय पुरुष र पुर्नवास ३१ बर्सिया महिला रहेका छन् । संक्रमितहरू मध्ये सेती अस्पतालमाकाे अाइसाेलेसनमा लम्कीचुहाका ५० वर्षिय र धनगढी ३ का २३ वर्षिय पुरूष गरी २ जनाकाे मात्रै उपचार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार