१० श्रावण २०८१, बिहीबार

कैलालीका नदीकाे सतह बढ्दै



धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार वर्षा भएपछि कैलालीका साना तथा ठुला नदीकाे सतह बढ्दै गएकाे छ ।

लगातारकाे वर्षाका कारणा शनिबार बिहानसम्म कैलालीकाे ठुलाे नदी माेहना र कर्णाली, कञ्चनपुरकाे महाकाली नदीसंगै स-साना नदिकाे सतह बढ्दै गएकाे बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

विहानकाे ११ बजेसम्म कैलालीकाे माेहना नदीमा एक दशमलब ३८ मिलिलिटर पानीकाे सतह पुगेकाे छ । माेहनामा तीन मिलिलिटर पुगे सर्तकता र तीन दशमलब छ मिलिलिटर पानी सतहलाइ खतरा मानिने गरेकाे छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार कैलालीकाे कर्णालीकाे नदीकाे सतह सात दशमलब ८५ मिलिलिटर पुगेकाे छ । कर्णालीकाे १० मिलिलिटर सर्तकता र दश दशमलब अाठ मिलिलिटरलाइ खतरा मानिने गरेकाे छ । अहिले यी दुवै नदीसंगै कैलालीका अन्य स-साना नदीकाे सतह पनि बढीरहेकाे जनाइएकाे छ ।

पछिल्लाे २४ घण्टामा टीकापुरमा एक सय १३ दशमलब अाठ मिलिलिटर, चिसापानीमा ६८ दशमलब दुइ मिलिलिटर, धनगढी एयरपाेर्टमा शून्य मिलिलिटर वर्षा भएकाे जनाइएकाे छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार एक घण्टामा ६० मिलिलिटर, तीन घण्टामा ८० मिलिलिटर, छ घण्टामा एक सय मिलिलिटर, १२ घण्टामा एक सय २० मिलिलिटर र २४ घण्टामा एक सय ४० मिलिलिटर वर्षा भए सर्तकता अपनाउनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार