७ कार्तिक २०८१, बुधबार

राजपुरमा ‘ग्याङ’ फइट



धनगढी । धनगढी उप–महानगरपालिका–१३ कैलाली गाउँ स्थित राजपुरमा ‘ग्याङ’ फाइट हुँदा खुकुरी प्रहार भई दुई जना घाइते भएका छन् ।

शुक्रबार राती भएको दुई युवा समुह विचको झगडा पछि खुकुरी प्राहर भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । झगडामा परी धनगढी–१३ कै दुई जना घाइते भएका र उनिहरुको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । घाइते मध्य १ जनाको अवस्था गम्भिर भएका कारण थप उपचारका लागि काठमाण्डौं लैजाने तयारी भइरहेको बुझिएको छ । प्रहरीका अनुसार यस अघि पनि दुई समुह विच सामान्य झगडा भएको थियो ।

चाकुप्रहार गर्ने दुई जना वडा नम्बर–२ का रहेका बझिएको छ । उनिहरु यस अघिपनि विभिन्न अपराधिक कृयाकलापमा संलग्न रहेको पाइएको छ । यस अघिको झगडाको रिस साँझन  चाकुप्रहार गर्ने समुहका ८–१० राजपुर पगेका थिए । प्रहरी नायव उपरिक्षक विष्टले भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताउँदै सैवै कुरा अनुसन्धानपछि मात्रै उपलब्ध गराइने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार