७ कार्तिक २०८१, बुधबार

सुदुरपश्चिममा थप ६ जनामा कोरोना पुष्टि



धनगढी । सुदुरपश्चिम प्रदेशमा शुक्रबार थप ६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा १ महिला र ५ पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको हो।

शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा धनगढी उपमहानगरपालिका ३ का १ जना, धनगढी उप–महानगरपालिका १४ का २ जना र धनगढी उपमहानगरपालिका १५ का ३ जनामा कोरोना पुष्टि भएको छ। यो संगै सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार ६ पुगेको छ। कोरोना संक्रमण पुष्टि भएका १ हजार ६ सय बढि डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार