१० श्रावण २०८१, बिहीबार

डडेल्धुरामा पुनः सलह किरा



डडेल्धुरा । डडेल्धुरामा भित्री मधेसमा सलह कीरा देखिएको छ।

खेतीबालीका लागि निकै खतरनाक मानिएको सलह कीरा जिल्लाको परशुराम नगरपालिका ७ सादनीमा देखिएको हो।

ठूलो संख्यामा सलह कीरा देखिएको स्थानीय किसान तथा शिवसुन्दरी सामुदायिक वन उपभोक्त समितक सादनीका अध्यक्ष कालुसिंह साउँदले जानकारी दिए। यसअघि परशुराम नगरपालिका–४, कटालमा सो कीरा देखिएको थियो।

किसानहरूले सलह कीरा आएको खबर आफूले पाएको र ठूलो आवाज गरेर भगाउने सल्लाह दिएर आएको नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक कालुसिंह बोहराले जानकारी दिए। भारतबाट आएको अनुमान गरिएका ती कीराले बालीमा खासै नोक्सान नगरेको भएता पनि आफूहरूले कृषकलाई ठूलो आवाज गरेर सलह भगाउने सल्लाह दिएर आएको उनले जानकारी दिए।

भारतबाट प्रवेश गरेको हुनसक्ने बताइएको छ। सलहको झुण्डले मकै बालीमा क्षति पुर्याएको अध्यक्ष कालुसिंह साउँदले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार