डिलाशैनी बनमा एकै दिन १७ हजार बिरुवा रोपियो

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ३ मा रहेको डिलाशैनी सामुदायीक बनमा शुक्रवार बृक्षारोपणा गरिएको छ ।
डिभिजन बन कार्यालय धनगढी र डिलाशैनी सामुदायीक बनको आयोजना र धनगढी उप–महानगरपालीकाको समन्वयमा एकै दिन १० हेक्टर जमिनमा १७ हजार बिरुवा रोप्ने काम भएको हो ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, डिभिजन बन कार्यालय धनगढीमा प्रमुख रामचन्द्र कडेलले संयुक्त रुपमा बृक्षा रोपणा कार्यक्रमको उद्घाटन गरेका थिए ।
नगरप्रमुख वडले आफु निर्वाचित भएर आएदेखि नै एक घर दुई बिरुवा, भोट बरावर बोट, जनसंख्या बरावर बोटको अभियान सुरु गरेको बताए । अव सामुदायीक बनमा रहेको खाली जमिनमा फलफुलका बिरुवा रोप्नुपर्छ भन्ने मेरो मान्यता हो नगरप्रमुख वडले भने, त्यसले उपभोक्तालाई चाँडो आम्दानी दिनसक्छ । बनबिना मानव जगतको कल्पना पनि गर्न सकिदैन नगरप्रमुख वडले भने, त्यसैले बृक्षा रोपणा आवश्यक छ ।
डिभिजन बन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले धनगढी उप–महानगरपालिकाले थालेको बृक्षा रोपण अभियान उदारणिय भएको बताए । उनले भने, यसरी नै बृक्षा रोपणा गरिएमा हरित शहरको अभियान पुरा हुन्छ । धनगढी उप–महानगरपालिका वडा नं ३ का अध्यक्ष बलबहादुर ऐरले बृक्षा रोपणा गर्न वडाबासी उत्साहित भएको बताए । उनले भने, अव यसरी नै संरक्षणमा जुट्न आम वडाबासी र बन उपभोक्तालाई अनुरोध गर्दछु ।