१० श्रावण २०८१, बिहीबार

स-साना नदी अासपासमा उच्च सर्तकर्ता अपनाउन अाग्रह



फाइल तस्बिर

धनगढी । सुदूरपश्चिमका स-साना नदी अासपासमा उच्च सर्तकर्ता अपनाउन जल तथा माैसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अाज प्रदेशकाे कैलाली, कञ्चनपुर, डाेटी, डडेल्धुरा, अछाम, बाजुरा, दार्चुला र बैतडी आसपास जिल्ला भई बहने स-साना नदी जलाधारमा क्षणिक मध्यम वर्षा भई आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

महाकाली, कर्णाली र यसका सहायक नदीमा पनि बहाव बढ्ने तर, सबैमा बहाव सर्तकर्ताभन्दा तलै रहने उल्लेख छ ।

बाढी पूर्वानुमान बुलेटिन

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार