५ कार्तिक २०८१, सोमबार

अविरल वर्षासंगै पहिरोबाट सडक यातायात अवरुद्ध



बाजुरा । अविरल वर्षासंगै आएको पहिरोका कारण बाजुरा–साँफेबगर सडक यातायात अवरुद्ध भएको छ । भारी वर्षा र पहिरोका कारण बाजुराको अरु जिल्लासंग जोड्ने मुख्य सडकको बल्देदेखि पानीनाउलासम्मको सडकखण्ड नराम्ररी बिग्रेको छ ।

बाजुरामा एक सातादेखि अविरल वर्षा भइरहेको छ । वर्षा र पहिरोका कारण बाजुरा–साँफेबगर सडकको करिब पाँच किलोमिटर सडक ठाउठाउमा भत्केको छ ।

जिल्लाको बडिमालिका नगरपालिा वडा नम्बर २ का वीरबहादुर कार्कीले “एक सातादेखिको अविरल वर्षाका कारण बाजुराका प्रायः सडक अवरुद्ध बनेका छन् ।

सडक यातायात अवरुद्ध भएका कारण जिल्लामा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या भएको छ । बिरामीलाई अन्यत्र उपचारका लागि लैजान कठिनाई भइरहेको छ । स्थानीय कर्णबहादुर कार्कीले भने– सडक यातायात अवरुद्ध हुदा बाजुराबाट मुगु, अछाम जानका लागि पैदल यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।

बडिमालिका नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष धर्मराज पाध्यायले “हरेक वर्षायाममा वर्षा र पहिरोका कारण सडक यातायात अवद्ध हुने गरेको” बताए ।

सडक डिभिजन कार्यालय अछामका प्रमुख ललिजन खनालले “सदरमुकाम मार्तडीको छेउमा रहेको बाउलीखोलामा बाढि आएसंगै मार्तडी–कोल्टी सडकखण्ड समेत अवरुद्ध भएको” बताए । उनले भने–मार्तडी–साँफे सडकको बल्देदेखि पानीनाउलासम्मको सडक पहिरोले बगाएको छ । नयाँ ड्राईभर्सन निकाल्ने ठाउँ छैन ।

बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जिल्लामा हरेक वर्ष वर्षायाममा बाढि तथा पहिरोका कारण सडक यातायात अवरुद्ध हुने गरेकोले दीर्घकालीन योजना आवश्यक भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार