१० श्रावण २०८१, बिहीबार

२०७ औं भानु जयन्तीः विविध कार्यक्रमसहित मनाइयो



धनगढी । नेपालका आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती सोमबार देशभरी विविध कार्यक्रम सहित मनाइएको छ ।

नेपाली समाजलाई नेपाली भाषा तथा साहित्यका माध्यमबाट एकसुत्रमा बाध्न अहम् भूमिका निर्वाह गरेका आदिकवि भानुको स्मृतिमा विभिन्न स्थानमा प्रवचन, कविता सभा, प्रभातफेरि लगायतका कार्यक्रम भएका छन् ।

यस क्रममा सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीको आयोजनामा सोमबार प्रवचन कार्यक्रम भएको थियो ।

कार्यक्रममा लोक साहित्यविद् प्राध्यापक डाक्टर बद्रि शर्मा बिनाडीले नेपाली समाजलाई भावनात्मक रुपमा एकतावद्ध गर्न आदिकवि भानुभक्तको योगदानको चर्चा गरे ।

उनले भने– कतिपय कविता क्षणिक हुन्छन्, कतिपय कालजयी । भानुभक्त कालजयी कवि हुन्, जसले नेपाली समाज, नेपाली जाती, भाषा र संस्कृतिलाई अमर बनाएका छन् ।

उनले भानुभक्तले नेपाली समाजको मनोविज्ञानलाई सफलतापूर्वक उजागर गरेको चर्चा गरे ।

कार्यक्रममा साहित्य समाजका अध्यक्ष रामलाल जोशीले सुदूरपश्चिम प्रदेश नेपाली साहित्य तथा संस्कृतिको केन्द्रका रुपमा स्थापित भएको चर्चा गरे । उनले भने– केही महिनाअघि धनगढीमा भएको विश्व साहित्य सम्मेलनपछि सुदूरपश्चिम प्रदेशले विश्वभरीका नेपाली भाषीहरुलाई एकसुत्रमा बाध्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

कार्यक्रममा पत्रकार मनमोहन स्वारले पनि मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा कवियत्री बिष्णा पाठक र सत्या उपाध्यायले कविता बाचन गरेका थिए ।

साकित्य समाजका उपाध्यक्ष तीर्थराज पाण्डेयले स्वागत गरेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष गणेश नेपालीले गरेका थिए ।

पत्रकार स्वारलाई प्रभास राज्यलक्ष्मी राष्ट्रिय पत्रकारिता पुरस्कार

धनगढीका पत्रकार मनमोहन स्वारलाई प्रभास राज्यलक्ष्मी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीले हरेक वर्ष विभिन्न क्षेत्रका श्रष्टाहरूलाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ ।

२०७ औं भानु जयन्तीका अवसरमा सोमबार साहित्य समाजले २०७६ सालको प्रभास राज्यलक्ष्मी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार स्वारलाई प्रदान गर्ने घोषणा गरेको छ । पुरस्कारको राशी २१ हजार रुपैया रहेको समाजले जनाएको छ ।

साहित्य समाजले यस वर्ष विभिन्न विधामा २० वटा पुरस्कार तथा सम्मान प्रदान गर्ने घोषणा गरेको छ । समाजका अध्यक्ष रामलाल जोशीका अनुसार २०५७ सालमा एउटा पुरस्कारबाट शुरु गरिएकोमा अहिले २० वटा पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।

२०७६ सालको बद्री कृष्णा बाङमय पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा बरिष्ट साहित्यकार वैरागी काइँलालाई प्रदान गरिने छ । सो पुरस्कारको राशी एक लाख ११ हजार रुपैया रहेको छ ।

त्यस्तै, प्रभास राजलक्ष्मी उत्कृष्ट कृति पुरस्कार पोखराका बरिष्ट साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको । सरुभक्तको प्रतिगन्ध कृतिका लागि सो पुरस्कार प्रदान गरिने समाजले जनाएको छ । सो पुरस्कारको राशी ५० हजार रुपैया रहेको छ ।

त्यस्तै,२०७६ को सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कारबाट बैतडीका डाक्टर महादेव अवस्थीलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशी २५ हजार रुपैया रहेको छ ।

त्यस्तै, जयराज पन्त लोक साहित्य पुरस्कार काठमाडौंका प्राध्यापक डाक्टर चूडामणि बन्धुलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशी २५ हजार रुपैया रहेको छ ।

त्यस्तै, सकराम इनिता भीम साहित्य पुरस्कार काठमाडैंका डाक्टर तुलसीप्रसाद भट्टराईलाई प्रदान गरिने छ । सो पुरस्कारको राशी २५ हजार रुपैया रहेको छ ।

२०७६ सालको प्रभास राज्यलक्ष्मी प्रादेशिक पुरस्कारबाट जगतगुरु अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्यलाई प्रदान गरिने समाजले जनाएको छ । सो पुरस्कारको राशी २५ हजार रुर्पैया रहेको छ ।

त्यस्तै, श्रीलोचन साहित्य पुरस्कार पोखराका तीर्थ श्रेष्ठलाई प्रदान गरिने छ । सो पुरस्कारको राशी २५ हजार रुपैया रहेको छ ।

त्यस्तै, २०७६ सालको जसुदा पत्रकारिता पुरस्कार पत्रकार शिवराज योगीलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशी ११ हजार रुपैया रहेको छ ।

२०७६ सालको देवकान्त पन्त राष्ट्रिय लोकसाहित्य पुरस्कार बझाङका लक्ष्मीराज पण्डितलाई प्रदान गरिने छ । सो पुरस्कारको राशी ११ हजार रुपैया रहेको छ ।

त्यस्तै, देवकान्त पन्त प्रतिभा पुरस्कार अछामका लक्ष्मण कु“वरलाई प्रदान गरिने छ । सो पुरस्कारको राशी ११ हजार रुपैया रहेको छ ।

त्यस्तै, ११ हजार रुपैया राशीको बिष्णुदास यज्ञ साहित्य पुरस्कार विराटनगरका बरिष्ट लेखक विवश पोखरेललाई प्रदान गरिने भएको छ भने ११ हजार रुपैया राशीको गणेश स्मृति हेमन्ती साहित्य पुरस्कार कैलालीका ईन्दु चौधरीलाई प्रदान गरिने भएको छ ।

त्यस्तै, ११ हजार रुपैया राशीको प्रतिभा श्री सम्मान बझाङका सोझो गाउँलेलाई प्रदान गरिने छ ।

साहित्य समाजका अनुसार २०७६ सालको प्रभास राजलक्ष्मी युवा प्रतिभा पुरस्कार विवेक ओझा र ललित बिष्टलाई संयुक्त रुपमा प्रदान गरिने छ । सो पुरस्कारको राशी ११ हजार रुपैया रहेको छ ।

त्यस्तै, ११ हजार रुपैयाको जसुदा साहित्य पुरस्कार कञ्चनपुरका राज सरगमलाई प्रदान गरिने छ भने ११ हजार रुपैया राशीको जसुदा शिक्षा पुरस्कार डडेल्धुराका धर्मदेव भट्टलाई प्रदान गरिने छ ।

त्यस्तै, दार्चुलाकी चाँदनी मल्ललाई ११ हजार रुपैया राशीको जसुदा संगीत पुरस्कार प्रदान गरिने छ । भने ११ हजार रुपैया राशीको जसुदा समाजसेवा पुरस्कार कञ्चनपुरका शारदा चन्दलाई प्रदान गरिने छ ।

त्यस्तै, २०७६ सालको जसुदा संस्कृति पुरस्कार बैतडीका एमके सलेनीलाई प्रदान गरिने छ । सो पुरस्कारको राशी १ज्ञ हजार रुपैया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार