२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिमको अर्थतन्त्र चलाएमान हुन्छ : मन्त्री बोहरा



धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले कोरोना भाइरसका कारण शिथिल बनेको अर्थतन्त्रलाई चलायमान हुने बताएका छन् ।

किसान माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड र दिव्य लघुवित वित्तीय संस्था लिमिटेडले एनआरएन एन लघुवित वित्तीय संस्था लिमिटेडमा गाभेर कारोबार शुरु गरेको अवसरमा सोमवार धनगढीमा मन्त्री बोहराले अर्थतन्त्री चलायमा हुने गरी प्रदेश सरकारले बजेट ल्याएर काम गरिरहेको बताए । उनले एकीकृत सेवा शुभारम्भ उद्घाटन गरेका थिए ।
उनले कोरोना भाइरसबाट मर्कामा परेका व्यवसायहरूलाई गतिशिल र चलायमान बनाउनका लागि विशेष राहत प्याकेज ल्याइको दाबी गरे । प्रदेशमा आर्थिक गतिविधि बढाउन संघीय सरकारले बैंक वित्तीय संस्था खोल्न प्रदेश सरकारलाई पनि अनुमति दिनुपर्ने मन्त्री बोहराको माग छ ।
लघुवित्त र वित्तीय संस्थाहरूको विकासको लागि सुदूरपश्चिम प्रदेश सरकार साथमा रहेको बताउँदै मन्त्री बोहराले आगामी आर्थिक वर्षमा पनि विशेष कार्यक्रम सञ्चालन गरिने दाबी गरे । उनले नेपालमा दीर्घकालीन र दिगो आर्थिक विकास लागि पूर्वाधार विकास बैंकिङ्ग र विशेष बैंकिङ्ग प्रणाली सञ्चालनमा ल्याउन पहल भइरहेको बताए । यसका लागि नेपाल राष्ट्र बैकका गभर्नरलाई पत्र पठाएको उनले जनाए ।
१४ करोड रुपैयाँबाट सुरुवात भएको एनआरएन लघुवित वित्तीय संस्था लिमिटेड राष्ट्रिय स्तरको रहेको एनआरएन लघुवित वित्तीय संस्था लिमिटेडका कार्यकारी प्रमुख इन्द्र कुमार शाहले बताए । हालसम्म ५ वटा वित्तीय सस्थाहरु लाई मर्ज गरी सकेको र वित्तीय संस्थाको १ अर्व अधिकृत पुँजी रहेकाले उनले चुक्ता पुँजी पनि एक अर्व बनाउने लक्ष्य रहेको उनले बताए । ४४ जिल्लामा १ सय ४२ वटा एनआरएन लघुवित वित्तीय संस्था लिमिटेडको शाखा रहेको र अव को एक वर्ष भित्रै ७७ वटै जिल्लामा शाखाहरू विस्तार गर्न योजना रहेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार