१० श्रावण २०८१, बिहीबार

प्रहरी निरीक्षक कार्की र अधिवक्ता विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर



धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र अधिवक्ता हिमालयविक्रम विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै रकम लिइरहेको अवस्थामा घुससहित पक्राउ परेका थिए।  

आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई ५० हजार सहित पक्राउ गरेको हो। 

अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको सार्वजनिक हितविपरीतको र जवर्जस्ती करणीको मुद्दामा सहजीकरणको लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कार्कीले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्व  घुस लिएका थिए। 

अधिवक्ता विष्टलाई सेवाग्राहीसँग रकमको बार्गेनिङ गर्न लगाई घुस दिन बाध्य पारी रकम लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

उनीहरु दुुवैलाई अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगो तथा जरिवाना गर्न माग गरिएको छ। 

साथै, विष्टले सेवाग्राहीको मुद्दाको सहजीकरण गर्न जवर्जस्ती करणी मुद्दामा अनुसन्धान अधिकृत तोकिएका प्रहरीलाई रकम  दिएको पुष्टि भएकाले उक्त रकम असुल गर्नुपर्ने दाबी आरोपपत्रमा उल्लेख  छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार