१० श्रावण २०८१, बिहीबार

इन्सेकद्वारा नगरपालिकालाई स्वास्थ्य सामग्रि हस्तान्त्रण



बैतडी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बैतडीको दशरथचन्द नगरपालिकालाई स्वास्थ्य सामग्रि हस्तान्त्रण गरेको छ ।

विश्वभरी फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्न सहयोग होस भन्ने उद्देश्यले इन्सेकले दशरथचन्द नगरपालिका स्तरीय मानव अधिकार समूह माफर्त स्वास्थ्य सामग्रिहरु हस्तान्त्रण गरेको हो । 

मानव अधिकार समूहका अध्यक्ष सरस्वती भट्ट लगायत समूहको टोलिले दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिह थापालाई मेडिकल मास्क दुई हजार थान, डिटोल साबुन एक हजार थान, डिस्पोजल ग्लोब्स एक सय थान र पाँच सय मिलिलिटरको सेनिटाइजर ६ बोतल हस्तान्त्रण गरेको इन्सेकका कार्यक्रम सहजकर्ता निशा भट्टले बताए ।

नेपाल सरकारले मास्क अनिवार्य गर्ने निर्णय गरेको र नगरपालिकालाई हस्तान्त्रण भएको उक्त  सामग्रिले नगरपालिकालाई राहात मिलेको नगरप्रमुख नगरेन्द्रसिह थापाले बताए ।  

मानव अधिकारको संरक्षण संम्वर्धन र पैरवि गर्ने इन्सेकले हाल बैतडीका दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा स्थानीय तहलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम (इएलपी)  संचालन गरिरहेको छ । उक्त कार्यक्रमले शिक्षा, स्वास्थ्य, खाद्य र आवसको अधिकारमा वकालत तथा पैरवि गर्ने काम गरिरहेको इन्सेक सहजकर्ता निशा भट्टको भनाई छ ।  

यस्तै पाटन नगरपालिकामा पनि उक्त सामग्रिहरु हस्तान्त्रणको कार्यक्रम रहेको भट्टको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार