१० श्रावण २०८१, बिहीबार

लागुऔषध सहित २ जना पक्राउ



धनगढी । कैलालीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका १ को ब्यवसाय क्षेत्रका २८ बर्षीय छत्र बहादुर साउँद र टीकापुर नगरपालिका ६ नारायणपुरका ३६ बर्षीय मुकेश रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले तीन ग्राम सात सय मिलीग्राम खैरो हिरोईन सहित दुवै जना लाई पक्राउ गरिएको जानकारी दिए। साउदको घरमा लागु औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरु लाई पक्राउ गरिएको बताईएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि दुइ हुनुपर्नेमा तीन हुन गएकाेले सच्याइएकाे छ । सम्पादक

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार