१० श्रावण २०८१, बिहीबार

ईन्सेकद्वारा गौरीगंङ्गा र गोदावरी नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान



मसुरिया । अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यलयले कैलालीका गाैरिगंगा र गोदावरी नगरपालिकालाई स्वास्थ सामाग्री हस्तान्तरण गरेकाे छ ।

काेराेना भाईरसले निम्त्याएको काे विषम परिस्थितिलाई मध्यनजर गर्दै सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो ।

स्वास्थ सामाग्रीमा मास्क,डिटाेल सावुन,सेनिटाईजर, थर्मल गन ग्लाेब्स लगाएतका सामाग्री छुट्टाछुट्टै कार्यक्रम गरेर शुक्रबार हस्तान्तरण गरिएको हो । गाैरीगंगा नगरपालिकामा नगर प्रमुख भिम वहादुर देवाउलाई हस्तान्तरण गरिएको थियो ।

गाेदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्ट रस्वास्थ्य शाखा संयाेजक विरवहादुर कुवँर लाई इन्सेक कार्यक्रम फाेकल प्रसन राजकुमार चाैधरी, कैलाली जिल्ला प्रतिनिधि मैनामति चाैधरि र कैलाली जिल्ला सहजकर्ता दिपक नेपालीले हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार