१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेश सभाको बैठक छैठौ पटक स्थगित



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको छैठौं अधिवेशनको २२ औं वैठक स्थगित गरिएको छ ।

सोमबार दिउँसो ३ बजे आह्वान गरिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले सरकार र प्रतिपक्षीबिच वार्ताका लागि छलफल भइरहेकाले बैठक स्थगित गर्नुपरेको बताए ।

उनले अर्को बैठक मंगलबार दिउँसो ३ बजे आह्वान गरिएको जानकारी दिए ।

आईतबार प्रतिपक्षी दलको नाराबाजी र विरोधका बिचमै सभामुख थापाले आर्थिक वर्ष २०७७/७८ को छलफलमाथिको प्रस्तावलाई निर्णयार्थ पारित गरेका थिए । सोमबार सरकारले प्रतिपक्षी दलहरुसंग छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार