१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिममा थप अाठ जनामा काेराेना संक्रमण



धनगढी । धनगढीका सात सहित कैलालीका थप ८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा तीन महिला र पाँच पुरुष गरी कैलालीका ८ जनामा कोराना पुष्टि भएको हो।

धनगढीका ३३ र ३५ बर्षीय महिला, ३३, २२, २५, ५२ र ४८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार गोदावरी नगरपालिकाका ३० बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार