१ बैशाख २०८२, सोमबार

कञ्चनपुरमा छिमेकीको हत्यापछि फरार आरोपी पक्राउ



कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा छिमेकीको हत्या गरेर फरार भएका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्वर ५ का ४१ वर्षीय गौरव खड्कालाई सोमवार बिहान पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक  अमर बहादुर थापाक्षेत्रीले उनकै घरबाट नियन्त्रणमा लिइएको जानकारी दिए।

उनले शनिवार राति पुनर्वास नगरपालिका वडा नम्वर ५ का ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेका प्रहरीले जनाएको छ। हत्यापछि उनी फरार थिए। हत्याको कारण भने खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार