१० श्रावण २०८१, बिहीबार

प्रतिपक्षी दलहरुले गरे सुदूरपश्चिम प्रदेशसभाको बैठकमा नाराबाजी



कैलाली । प्रतिपक्षी दलहरुले सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा नाराबाजी गरेका छन्।

सभामुखले बजेटसम्बन्धमा छलफल अगाडि बढाउनेबित्तिकै नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरुले नाराबाजी गरेका थिए। विरोध र बेल घेराउकैबीच सभामुखले आर्थिक मामिला मन्त्री झपटबहादुर बोहरालाई बजेटमाथिको दफावार छलफलका लागि प्रस्ताव पेश गर्न समय दिएका थिए। त्यसपछि विरोधकै बीच प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो।

अर्को बैठक असार २२ गते बोलाइएको छ।

आजको बैठकमा सभामुखले सुदूरपश्चिम खेलकूदसम्बन्धी विधेयक २०७६, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार