१० श्रावण २०८१, बिहीबार

नेकपा विवादले प्रवासी नेपालीहरु चिन्तित



धनगढी । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को विवादले झण्डै ३५ देशमा रहेका नेपालीहरु चिन्तित देखिएका छन् ।


उनीहरुले पार्टीलाई विधी, विधान, पद्धती र प्रकृयाबाट अघि बढाउनु आवस्यक छ रहेको औल्याउदै पार्टीका शीर्ष नेताहरुबीच पार्टी एकिकरणका बेला तथा त्यसपछि विभिन्न समयमा भएका सहमतिलाई आधार मानेर पार्टी एकतालाई थप मज़बूत बनाउनु पर्नेमा जोड दिएका छन् ।


एकतालाई सार्थक निष्कर्षमा पुर्‍याउनु अहिलेको आवश्यकता हो उनीहरुले इमेलमा पठाएको विवरणमा भनिएको छ तीन करोड नेपाली जनताको भविष्य निर्माणको यात्रा तय गर्दै सिद्धान्त, राजनीति, संगठन र कार्यक्रम केन्द्रीत छलफल गर्न आग्रह गर्दछौं ।


हामीले भुल्नुहुन्न सरकार संचालनका लागि जनताले झन्डै दुई तिहाई जनमत दिएका छन् । र, सो जिम्मेवारीको जवाफदेहिता आम नेपाली जनताहरूले चाहेका पनि छन् सो सामाग्रीमा भनिएको छ ।

उनीहरुले शिर्ष नेता तथा दोस्रो पुस्ताका पार्टी नेताहरुलाई यस बेला ज़िम्मेवार र संयमित भई नेकपाको एकता कामय राख्नेतर्फ आआफ्नो क्षेत्रबाट सकारात्मक सन्देश प्रवाह गर्न पनि अपील गरेका छन् ।


पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गर्दै नेतृत्वमा रहेका नेताहरुले भए गरेका गल्ती कमजोरीहरूलाई कमिटी प्रणाली मार्फत सच्याउने प्रण गरी सबैले पार्टी निर्णयलाई पालना गर्नु जरुरी छ उनीहरुले अगाडि भनेका छन् ।

पार्टी एकताका बाँकी काम तत्काल टुंग्याई पार्टी र सरकार दुवैलाई प्रभावकारी ढंगले संचालन गर्नु पर्दछ। दुई ठुला कम्यूनिस्ट पार्टीबीचको ऐतिहासिक एकतालाई कायम राखी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने काम पनि बाँकी छ।

यस सन्दर्भमा नेपाल र नेपालीको सुन्दर भविष्यका लागि सवै नेताहरुले सुझबुझपूर्ण काम गर्न हामी विनम्र अनुरोध गर्दछौं सो इमेल सामाग्रीमा भनिएको छ ।

पार्टी जीवनमा फेरि यस्ता अन्यौल र संकटको अवस्था आउन नदिन ऐतिहासिक एकता महाधिवेशनको तयारीमा जुट्नु आबस्यक पनि देखिएको छ ।

अब सम्पूर्ण पार्टी पंक्तीलाई परिचालित गरी युवा पुस्ताका नेताहरूलाई नेतृत्व हस्तान्तरणको प्रकृया समेत अगाडि बढाउदै बलियो पार्टी निर्माणको दिशामा एकवद्द भइ अघि बढ्न हार्दिक अनुरोध गर्दछौ सम्पूर्ण प्रवासी नेपाली एकता मञ्चहरूको तर्फबाट जारी सो सामाग्री भनिएको छ ।

सो सामाग्री जारी गर्नेहरुको सूची यसप्रकार छ ।
१) बेलायत
अध्यक्ष राजेन्द्र पुडासैनी
सचिव सुरेश गौतम

२। अमेरिका
अध्यक्ष प्रभु थापा
सचिव प्रकाश अधिकारी

३) बेल्जियम
अध्यक्ष जीत लामा
सचिव वोधराज पौडेल

४)अस्ट्रेलिया
अध्यक्ष रमेश पाण्डे
सचिव प्रवीण कंडेल

५) अष्ट्रिया
अध्यक्ष धर्मराज खतिवडा
सचिव किरण

६) मलेशिला
अध्यक्ष रमेशप्रसाद तिवारी
सचिव दयाराम कुमाल

७)आयारल्याण्ड
अध्यक्ष सुकमान लामा
सचिव चन्द्रकला निरौला

८) स्पेन
अध्यक्ष हेम शेर्पा
सचिव अशोककिरण न्यौपाने

९) साउदी अवर
अध्यक्ष शिवराज जैसी
सचिव राजु खनाल

१०) इटाली
अध्यक्ष धर्मराज पाण्डे
सचिव हरीभक्त काराखेती

११) चेक
अध्यक्ष उत्तम आचार्य
सचिव यदुराम पन्थी

१२) जर्मनी
अध्यक्ष चन्द्रकान्त आचार्य
सचिव शम्भुप्रसाद पोखरेल

१३) पोर्चुगत
अध्यक्ष गोविन्द पौडेल
सचिव डोलराज भण्डारी

१४) पोल्याण्ड
अध्यक्ष टंकबहादुर कटुवाल
सचिव विनोदकुमार आचार्य

१५ ) फिनल्याण्ड
अध्यक्ष कोमल पौडेल
सचिव मनोज भुषाल

१६) फ्रान्स
अध्यक्ष भक्त वाग्ले
सचिव मनोज पौडेल

१७) रुस
अध्यक्ष मनमूर्ति भुर्तेल
सचिव इन्द्रप्रसाद भुषाल

१८ ) स्विट्जरल्याण्ड
अध्यक्ष अच्युतप्रसाद फूयाल
सचिव विक्रम केसी

१९) साइप्रस
अध्यक्ष रमिला राई
सचिव केशव ठकुरी

२०) नर्वे
अध्यक्ष विश्वास बजगाई
सचिव सन्तोष भण्डारी

२१) बहराईन
अध्यक्ष शालिग्राम पन्त
सचिव नारायण विक

२२) इजरायल
अध्यक्ष तिर्थ गौतम
सचिव निरुद्र जोशी

२३) कतार
अध्यक्ष चानक पोखेरल
सचिव मोहन कार्की

२४ ) दक्षिण कोरिया
अध्यक्ष परशुराम सापकोटा
सचिव दिलिप धिताल

२५ ) क्यानडा
अध्यक्ष रमेश थापा
सचिव अशोक खड्का

२६ ) डेनमार्क
अध्यक्ष उदयराज गौतम
सचिव कृष्ण धानुक

२७) स्वीडेन
अध्यक्ष मदन ढकाल
सचिव गंगाप्रसाद घिमिरे

२८ ) नेदरल्याण्ड्स
अध्यक्ष प्रेमकाजी गुरुङ
सचिव थानेश्वर गौतम

२९ ) कुवेत
अध्यक्ष राजकुमार थापा
सचिव मनु भुजेल मगर

३०) ओमान
अध्यक्ष उमेश विक
सचिव महेशप्रसाद न्यौपाने

३१ ) न्यूजिल्याण्ड
अध्यक्ष आत्माराम खनाल

३२ ) मकाउ
अध्यक्ष शीव थापा
सचिव मनोज धामी

३३ ) हङकंङ
अध्यक्ष जे वि ओख्राबु
सचिव भक्त गुरुङ

३४) जापान
अध्यक्ष हवलचन्द्र लामा
सचिव स्सालिकराम भण्डारी

३५ ) भारत
अध्यक्ष लोकनाथ भण्डारी
सचिव ईश्वरी भण्डारी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार