४ जेष्ठ २०८१, शुक्रबार

क्वारेन्टाइनवाट घर गएर मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नं १० मा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यही जेठ २६ गते भारतको सुरतवाट श्रीमान , छोरी र बुहारीसंगै नेपाल आएकी ४८ बर्षिय ललिता नेपालीको शुक्रवार साझ घरमै मृत्यु भएको थियो ।

१४ दिन क्वारेन्टाइनमा बसेर घर गएकी उनको होम क्वारेन्टाइनमा मृत्यु भएपछि शुक्रवार राति नै पिसिआर परिक्षणका लागि स्वाब संकलन गरि धनगढी पठाइएको थियो । शनिबार धनगढीको प्रयोगशालामा भएको परिक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

यस अघि उनको आरडिटी रिपोर्ट पनि नेगेटिभ आएको थियो । उनी प्रेसर र प्यारालाईसिसको बिरामी रहेकी थिइन् । त्यसैको उपचारका लागि उनी परिवार सहित भारतमा गएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । रिपोर्ट आएपछि परिवारका सदस्यहरुले उनको दाहसंस्कारको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार