४ जेष्ठ २०८१, शुक्रबार

हेलिकप्टरबाट राहत सामाग्री पुग्यो बझाङ



बझाङ । बझाङमा शुक्रवार राती पहिरो जाँदा केदारस्यूँ गाउँपालिका ८ मल्लेसीगाउँमा १८ घरपहिरोले बगाउँदाउठिबास भए पछि नेपाल सरकार गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टर मार्फत राहत सामाग्री ल्याएको छ ।

शनिबार दिउसो सुर्खेतबाट उडेको हेलिकप्टरले धनगढीबाट राहत सामग्री ल्याएर सदरमुकाम चैनपुर नजिकै रहेको भोपुर ब्यारेकमा अबतरण गरेको हो ।

पहिरो पिडितहरुका लागी खाद्यान्न, लुगा कपडा, पाल र भाडाकुडाहरु ल्याईएको बताईएको छ । राहत सामग्री गाडी मार्फत घटनास्थल सम्म लिनका लागी गाडीहरु तयारी अबस्थामा रहेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । उनले राहत सामग्री तत्काल बाड्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार