४ जेष्ठ २०८१, शुक्रबार

उद्दार गर्न गएको सेनाको गाडी पहिरोमा फस्यो



– बझाङको पहिरोमा परेकाको अवस्था विस्तृतमा आउन सकेन


बझाङ / बझाङको केदारस्युँ गाउँपालिकामा वडा नम्बर ८ गएको पहिरोमा परेकाहरुको उद्धारका गएको नेपाली सेनाको गाडी नै पहिरोमा फसेको छ ।


घटनास्थल नजिकै पुगेको सेनाको गाडी माथिबाट खसेको पहिरोमा पर्दा तीन जना सैनिक घाइते भएका छन् ।

शुक्रबार अविरल वर्षासँगै गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता छन् ।


अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले १८ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार