११ बैशाख २०८१, मंगलवार

बझाङको पहिरोमा परेका दुई जनाको शव भेटियो




– पाँच जना अझै वेपत्ता – प्रहरी अझै घटनास्थल पुग्न सकेन

(तस्बिर सौजन्य अम्मर जेठारा)

बझाङ । बझाङको केदारस्यू गाउँपालिका–८ मेल्लेसमा गएको पहिरामा हराएका सात जनामध्ये दुई जनाको शव भेटिएको छ ।

अबिरल बर्षापछि आएको पहिरोमा परेर वेपत्ता भएकाहरु मध्येमा ११ वर्षीय प्रयाग जेठारा र ७ वर्षीया अस्मिता जेठाराको शव भेटिएको हो ।

पहिरोमा परेर वेपत्ता हुनेमा मेल्लेसका ४४ वर्षीय रमदेवी जेठारा, उनकी १५ वर्षीया छोरी शान्ति जेठारा, ७ वर्षीया अर्को छोरी अस्मिता जेठारा र ११ वर्षीय छोरा प्रयाग जेठारा रहेका छन् ।

ती मध्ये अस्मिता र प्रयागका्े् शव फेला परेको हो ।


पहिरोमा हराउनेमा सोही गाउँका नवराज जेठाराकी ११ वर्षीया छोरी सन्तुकुमारी जेठारा, प्रेम जेठाराका २० वर्षीय छोरा गिरिजा जेठारा र ८० वर्षीय दले जेठारा रहेका छन् ।

शुक्रबार राति एक बजेतिर एकाएक गाउँको विचमा बग्ने खोलामा पहिरो आएको बताइएको छ ।

खोलाले माटोसँगै ढुङ्गा बगाएर ल्याउन थालेपछि धेरै गाउँलेहरूले भागेर ज्यान जोगाएका छन् । वेपत्ता हुनेमा अरु गाउँलेहरु पनि हुनसक्ने अनुमान छ ।

पहिरोले १८ परिवारको अन्न, लुगा कपडा, गाई, भैंसी गोरुहरूलगायत १८ परिवारको धनसम्पत्ति सबै बगाएर लगेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले बताए ।

प्रहरी पनि घट्नास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक वमले वताए ।


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार