३ जेष्ठ २०८१, बिहीबार

बजेट बाँडफाँडमा विभेद भएकाे अाराेप



धनगढी । कैलालीको गोदावरी नगरपालिकामा काग्रेसवाट निर्वाचित जनप्रतिनिधिहरुले नगरपालिकाले आफुहरुलाई बेवास्था गर्दै एकलौटी निर्णय गरिरहेको आरोप लगाएका छन् ।

नगरप्रमुखले निर्वाचित जनप्रतिनिधि सबैलाई समान ब्यहार गर्नुपर्ने भएपनि काग्रेसवाट निर्वाचित जनप्रतिनिधिहरुलाई विकास निर्माणका काम देखी लिएर बजेट बाडफाडमा विभेद गर्दै आइरहेको आरोप लगाएका हुन् ।

नेपाली कांग्रेसका गोदावरी नगर समितिका सभापती हेम प्रकाश उप्रेतीको उपस्थितीमा शुक्रबार अत्तरियामा पत्रकार सम्मेलन गर्दै काग्रेसवाट निर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरुले आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि नगरपालिकाले सार्वजनिक गरेको वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसबाट निर्बाचित वडा नम्बर १२ का अध्यक्ष भीम बहादुर खड्काले नगरप्रमुख देखी प्रमुख प्रशासकिय अधिकृतले पनि काग्रेसवाट निर्वाचित जनप्रतिनिधिको वडामा बजेट कम पठाउने र परेका योजनाहरु पनि कटौती गर्ने गरेको आरोप लगाए ।

उनले आफ्नै वडा नं ११ र १२ मा ढल निकासका लागि आएको बजेट दुवै वडालाई छुट्याउनुपर्ने भएपनि वडा नं ११ लाई मात्रै दिइएको बताए । उनले वडाको समस्यालाई मध्यनजर गर्दै बजेट बढाउदै लैजानुपर्ने बेला उल्टै प्रत्येक बर्ष बजेट घटाउदै दिइरहेको बताए ।

यस्तै वडा नं १० का वडा अध्यक्ष रविन्द्र शाहीले अहिले कोरोनाका महामारीका बेला आफु लगायत वडाको पुरै टिम निरन्तर खटिरहेको भएपनि नगरपालिकाले अहिले सम्म ध्यान नदिएको बताए । उनले आफ्नो वडाका समस्याको बारेमा नगरपालिकालाइ जानकारी गराउन वा सम्पन्न भएका योजनाहरुको रकम भुक्तानीका लागि पठाउदा बारम्बार धाउनुपर्ने बाध्यता रहेको बताए ।

उनले नगरपालिकाको प्रमुख भनेको नगरको जिम्मेवार अभिभावक भएपनि नगरप्रमुखले आफुहरुका कुनै नसुनेर बैठकमा छलफल नगरिकै एकलौटी रुपमा निर्णय लिने गरेको बताए । उनले नगर सभा मार्फत सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटप्रति नेपाली काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधीहरुले असन्तुष्टि व्यक्त गरपनि यस बिषयमा कुनै छलफल नै गर्न नचाहेको समेत बताए ।

नगरपालिकालाई आफुहरुले पटक पटक सुझाब दिंदै आएको आफ्ना सबै मागहरुमा नगरपालिकनले बेवास्ता गरिरहेको कागे्रशवाट निर्वाचित जनप्रतिनिधिहरुको भनाई रहेको छ । उनीहरुले नगरपालिकाले आफ्ना कार्यकर्तालाई बाड्न र आफ्नो ठाउमा मात्रै योजनाहरु पार्नका लागि राखिएको डल्लो बजेट फोड्नु पर्ने, डल्लो बजेटलाई परिषद वाटै बाडफाड गर्नुपर्ने , टिप्पोणी आदेशवाट भैरहेका योजनाहरुको छानबिन हुनुपर्ने , सबै वडामा सन्तुलित बजेट बिनियोजन गर्नु पर्ने लगायत १३ बुँदे माग अघि सारेका छन् ।

आफ्ना माग सम्बोधन नभए सम्म नगरपालिकाको सबै कार्यक्रम बहिष्कार गर्ने उनीहरुले चेताबनी समेत दिएका छन् ।

उता गोदावरी नगरपालिकाक नगरप्रमुख हरि सिं साउँदले आफुले सबैलाई समान रुपमा लगेर अगाडी बढिरहेको बताए । गोदावरी एफ एमसंग कुराकानी गर्दै उनले निर्वाचित भैसकेपछि आफुले कसैलाई पनि काखा र पाखा नगरेको बताए । उनले कोरोनाका कारण सबै क्षेत्र प्रभावित भएपछि आन्तरिक आम्दानीको स्रोतहरु गुमेको र केन्द्रवाट पाउने बजेटपनि कम आएकाले वडा बजेट घटाउनुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार