५ जेष्ठ २०८१, शनिबार

संस्थागत विद्यालयका शिक्षक आन्दोलित



धनगढी । कैलालीको धनगढीमा पारिश्रमिक पाउनुपर्ने माग गर्दै संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले प्रदर्शन गरेको छ ।

२०७६ पुस महिनादेखि संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुले पारिश्रमिक नपाएको भन्दै धनगढीको पार्कमोडमा ब्यानर र पम्पलेटसहित उनीहरुले प्रदर्शन गरेका हुन । देशव्यापी आन्दोलन अन्तरगत जिल्ला समिति कैलालीले पनि धनगढीमा प्रदर्शन गरेको जनाइएको छ ।

निजि बिद्यालय सञ्चालकहरु पारिश्रमिकका बिषयमा गम्भिर बन्न छोडेर उल्टै शिक्षक निकाल्ने गतिबिधि गरिरहेको भन्दै शिक्षकहरुलाई निकाल्ने काम समेत रोक्न उनीहरुले माग गरेका हुन् ।

द्यालय बन्द भइरहेको अवस्थामा शिक्षकहरुलाई सामान्य राहत हुने गरी समेत सञ्चालकहरुले पारिश्रमिक उपलब्ध नगराएको उनीहरुले गुनासो गरेका छन् । सञ्चालकले शिक्षकहरुका समस्या प्रति बेवास्ता गरिरहँदा सरकार समेत निरिह बनेको संस्थागत बिद्यालय शिक्षक युनियन (इस्टु) कैलालीका अध्यक्ष शिबराज जोशीले बताए ।

चैत महिनादेखी बन्द भएका बिद्यालयले शिक्षकहरुलाई कुनै पारिश्रमिक नदिदा निजि बिद्यालयका शिक्षकहरुलाई दैनिक छाक टार्नै मुस्किल परेको संस्थागत बिद्यालय शिक्षक युनियन (इस्टु) सुदूरपश्चिम प्रदेश अध्यक्ष तिर्थ अवस्थीले बताए ।

निजि बिद्यालय सञ्चालकले पारिश्रमिकका बिषयमा गम्भिर नभए आन्दोलन सशक्त रुपमा चर्काउने संस्थागत बिद्यालय शिक्षक युनियन (इस्टु) ले जनाएको छ ।

संस्थागत बिद्यालय शिक्षक युनियनका समस्या सम्बोधनमा सरकारको समेत ध्यानाकर्षण हुनुपर्ने उनीहरुको माग छ । शिक्षकहरुलाई घर धान्नै समस्या परिरहेका बेला कुनै निकायको चासो नगए आन्दोलनको जिम्मा सरकारले लिनुपर्ने शिक्षक महासंघ नेपालका उपाध्यक्ष केशवराज भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार