५ जेष्ठ २०८१, शनिबार

विपि जयन्तीको अवसरमा कांग्रेसद्धारा दृष्टी फाउन्डेशनलाई सहयोग



धनगढी । गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस धनगढी उप–महानगरपालिका नगर कार्यसमितिले सडक मानवनको सेवामा समर्पित संस्था दृष्टी फाउन्डेशनलाई खाद्यान्न सहयोग गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति कैलालीको समन्वयमा कांग्रेस धनगढी उप–महानगरपालिका नगर कार्यसमितिले खाद्यान्न सहयोग गरेको हो । नेपाली कांग्रेस धनगढी नगर कार्यसमितिले चामल, दाल, तेल लगायत खाद्यान्न दृष्टी फाउन्डेशनका संचालक कल्पना भट्टलाई कार्यालयमै पुगेर हस्तान्तरण गरेको हो ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कैलालीका उप–सभापती प्रकाश बमले गिरीजा प्रसाद कोईरालाको राजनितिक जिवन र योगदानको स्मरण गरेका थिए । नेपाली राजनितिका शिखर पुरुष स्वर्गिय कोईरालाको जे बोल्यो त्यो ब्यावहारमा गरेर देखाउने नेता भएको उप–सभापती बमले बताए ।

नेपाली कांग्रेस धनगढी उप–महानगरपालिका नगर कार्यसमितिका सभापती नृपबहादुर वडले गिरिजा बाबुमा रहेको नेतृत्व क्षमताका कारण वहाँ नेपाली कांग्रेसको मात्रै नभएर सिंगो देश र पार्टीहरुको नेता बन्न सकेको बताए । गिरिजा बाबुले बिगठन गरिएको संसद बिउताउने कुरा गर्दा बयलगाडामा चढर अमेरीका जानु जस्तै हो भनेर ब्यांग्य गर्ने ब्यक्ति त्यसै प्रकृयाबाट देशको प्रधानमन्त्री बनेका छन् नगर सभापती वडले भने, बहुदलीय ब्यवस्थाका बिरुद्ध जंगल परेकाहरु अहिले त्यसै ब्यबस्थामा फर्किका छन् ।

कार्यक्रममा कांग्रेस नेताहरु कलेसु चौधरी, केशव मिश्र , यज्ञराज उपाध्याय, भिम पडाल लगायतको उपस्थीति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार