५ जेष्ठ २०८१, शनिबार

बर्षासंगै आएको बाढी गाउँ पस्दा दर्जन घर डुवानमा



धनगढी । कैलालीमा बर्षासँगै वाढी गाउँ पस्ने क्रम सुरु भएको छ । बर्षासंगै आएको बाढी गाउँ पस्दा दर्जन घर डुवानमा परेका छन् । जोशीपुर गाउँपालिकामा २० र घोडाघोडी नगरपालिकामा एक गरी २१ घर डुवानमा परेको प्रहरीले जनाएको छ ।

जोशीपुर गाउँपालिका वडा नम्वर १ राजीपुर र वडा नम्वर ३ को एक टोलमा काडा नदीमा आएको बाढी गाउँमा पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । उनका अनुसार दुवै वडामा २० घर वुडानमा परेका छन् भने दुई फिटभन्दा बढी पानी जमेको छ ।  

वडा नम्वर ३ का हिरालाल चौधरीको घर भत्किएको विष्टले जानकारी दिए । यस्तै घोडाघोडी नगरपालिका वडा नम्वर २ टनकपुरमा लक्ष्मी न्यौपानेको घर पनि डुवानमा परेको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार