५ जेष्ठ २०८१, शनिबार

पानी बोक्ने ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु



कञ्चनपुर । कञ्चनपुरमा पानी बोक्ने ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुनवास नगरपालिकाको कालिका स्वास्थ्यचौकी नजिक ट्याङ्करले ठक्कर दिदा से ६ प ६४२६ नम्वरको मोटरसाईकलमा सवार रहेका वडा नम्वर ७ का ३८ बर्षीय लोकेन्द्रसिंह ठकुरीको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याङ्करले ठक्कर दिएपछि आक्रोसित स्थानीयले पानी ढुवानी गर्ने दुई वटा ट्याङ्करमाथि आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनलाई बा १ क ९७८४ र से १ क १७४ नम्वरको दुई वटा ट्याङकरमा स्थानियहरु आगजनी गरेका छन् ।

दुई वटा ट्याङ्कर मध्ये एउटाले ठक्कर दिएकाले यसबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार