५ जेष्ठ २०८१, शनिबार

सुदूरपश्चिम प्रदेश सभा बैठक पाँचाै पटक स्थगित



धनगढी । सुदूरपश्चिम प्रदेशकाे प्रदेश सभा बैठक पाँचाै पटक स्थगित गरिएकाे छ ।

प्रतिपक्षीकाे अवराेधका कारण लगातार स्थगित हुँदै अाएकाे सभाकाे बैठक बिहिबार दिउसाे ३ बजे अाह्वान गरिएकाे थियाे ।

सरकार र प्रतिपक्षी दलबिचकाे बार्ता जारी भएपछि बैठक स्थगित गरिएकाे सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

सरकारले अवराेधबारे निष्कर्ष भइनसकेकाेले सभामुखलाइ बैठक सार्न अाग्रह गरेपछि सूचना टाँसेर स्थगित गरिएकाे जनाइएकाे छ ।

अहिले सरकार र प्रमुख प्रतिपक्षी दल, प्रतिपक्षी दलबिच छलफल जारी रहेकाे छ । सभाकाे बैठक २१ गते विहान ८ बजेसम्मका लागि स्थगित गरिएकाे सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार