२३ बैशाख २०८१, आईतवार

ब्राउनसुगर सहित एक पक्राउ



धनगढी । धनगढीमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालीका वडा नम्बर ३ घर भई वडा नम्वर ८ क्याम्पसरोडमा डेरा गरी बस्ने २८ वर्षीय रविन पाण्डेलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

बिशेष सुचनाको आधारमा खटिईएको प्रहरी टोलीले उनको कोठाबाट चार सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

कैलाली जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्यादथप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार