२३ बैशाख २०८१, आईतवार

भीरबाट लडेर दुई जनाको मृत्यु



धनगढी । दार्चुलाको मार्मा गाउँपालिकामा भीरबाट लडेर दुई महिलाको मृत्यु भएको छ ।

मार्मा गाउँपालिका वडा नम्बर ४ थामुकी ३५ वर्षीया भागरथी महरा र शैल्यशिखर नगरपालिका वडा नम्बर ४ कुरेधारकी १५ वर्षीया कलावती ठगुन्नाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार भीरबाट करिब डेढ सय मिटर तल खसेकी कलावतीको घटनास्थलमै मृत्यु भएको थियो । त्यस्तै सोमबार साझ घाँस काट्न गएकी मार्माकी भागरथीको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार