२३ बैशाख २०८१, आईतवार

जनता समाजवादीद्वारा प्रदर्शन



धनगढी । विदेशी बुहारीलाई सहज रुपमा नागरिक दिने व्यवस्थाको माग गर्दै जनता समाजवादी पार्टी (सजपा) सुदूरपश्चिम प्रदेश कमिटीले मंगलबार धनगढीमा प्रदर्शन गरेको छ ।

धनगढीको क्याम्पस रोडदेखि जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन गरेको सजपाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । सजपाले मुख्यमन्त्री कार्यालय अगाडी पनि नाराबाजी सहित प्रदर्शन गरेको थियो ।

नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सहज रुपमा नागरिकता प्रदान गर्ने माग गर्दै प्रदर्शन गरेको जनता समाजवादी पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार