२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिममा देखियो सलह



शनिबार बिहान बारा र सर्लाही जिल्लामा पहिलोपटक देखिएको सलह किराको फौज सुदूरपश्चिममा पनि देखिन थालेको छ ।

प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहात रहेको कृषि निर्देशनालयले कैलालीको लम्की चुहा नगरपालिका, वर्दगोरिया र कैलारी गाउँपालिकामा सलह किरा देखिएको जानकारी आएको जनाएको छ ।

निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भने –‘कैलारी गाउँपालिकामा देखिएको किराको फोटो संघीय कृषि मन्त्रालयमा पठाउँदा पुष्टि भएको छ । लम्की र वर्दगोरिया गाउँपालिकामा पनि फेला परेको भन्ने जानकारी आएको छ ।’

लम्किचुहा नगरपालिका वडा नम्बर १ थकालिपुरको बारिमा सलह देखिएको स्थानिय लक्ष्मी रावलले जानकारी दिए । रावलले सलहलाई आफुहरुले मारेर राखेको बताए । लम्की चुहा नगरपालिकाका कृषि शाखा अधिकृत सुरेश ढुङ्गानाले रावलको बारीमा देखिएको किरा सलहनै भएको पुष्टि गरे । उनले भने –‘फिल्डमा गएर हेर्दा सलह किरानै रहेछ । यसको नियन्त्रणका लागि नगरपालिकाले प्रयास गरिरहेको छ ।’

उनले झुण्डमा नआएकोले जोखिम अहिले खासै नभएको पनि बताए । उनले भने –‘बारीमा गएर बोट विरुवा हल्लाउ“दा १५÷२० वटा किरा देखिएका छन । सायद साँझ परेकाले कम होला । अब विहान आएर हेर्छौ । के कति छन भनेर ?’

कैलालीको बर्दगोरीया गाउँपालिकामा सलह किरा देखिएको भने पनि यकिन भने हुन नसकेको जनाइएको छ । बर्दगोरीया गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक राम प्रसाद देवकोटाले झुण्डमै नभएकोले सलह हो वा होइन भनेर यकिन गर्न सकिएको छैन । ‘फाटफुट देखिएको नियन्त्रण गर्न पनि गाह्रो छैन ।

तर, गाउँपालिकाले यसबाट हुन सक्ने जोखिम बढ्न नदिन पनि सावधानी अपनाइरहेको छ । यता प्रदेशको भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले सलह किरा कैलालीमा पनि देखिएको बताए । ‘सलह किरा ठूलो झुण्डमा छैन्,’ उनले भने, ‘कुनै झुण्ड बाट छुट्टिएर कैलाली पुगेको हुनसक्छ । मंगलबार विहानसम्म विभिन्न स्थानमा प्राविधिको टोली पठाउने तयारी भईरहेको छ ।’

यस्तै सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह फट्यांग्रा संकलन गरेर ल्याए २५ रुपैया“ दिने यसअघि नै निर्णय गरिसकेको छ। कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका भएर सलहको समूह भित्रिन सक्ने भएकाले चारवटा तहमा क्षति कम गर्न आवश्यक तयारी पनि थालिएको कृषि मन्त्रालयले जनाएको छ । सलहको समूह आएर बाली खान थालेमा होहल्ला गरेर भगाउन तथा विषादी, जाल आदिको प्रयोग गर्न कृषकहरूलाई आग्रह गरिएको प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार