२९ बैशाख २०८१, शनिबार

वडा कार्यालय भवन निर्माणको बिषयमा पुनः विवाद



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा न. ६ को वडा कार्यालय भवन निर्माणको बिषयमा पुनः विवाद भएको छ ।

वडा कार्यालय जनताको चाहना विपरित निर्माण हुन लागेको भन्दै स्थानीयहरु विरोधमा सडकमा उत्रिएका छन् । वडा कार्यालय निर्माण गर्दा स्थानीयवासीको मागलाई बेवास्था गर्दै मनोमानी ढंगबाट अनुपयुक्त स्थानमा वडा कार्यालयको भवन निर्माण लागेको भन्दै स्थानियहरुले विरोध गरेका हुन् ।
घोडाघोडी नगरपालिका ६ को वडा कार्यालयको भवन निर्माणको बिषयमा विवाद हुदा यस अघि पनि अदालतमा मुद्धा परेको थियो । वडा अध्यक्ष बिनोद बिश्वकर्माले स्थानीयवासीको माग लाई बेवास्था गर्दै मनोमानी ढंगबाट अनुपयुक्त स्थानमा वडा कार्यालयको भवन निर्माण गर्न थालेको भन्दै स्थानीय डम्बर थापाले गत बर्ष जेठ १४ गते पुनरावेदन अदालत दिपायलमा मुद्धा दायर गरेका थिए ।
स्थानीयवासीले प्रतिखेतमा नै भवन निर्माण गर्नुपर्ने वा बृहत भेला गराई निर्णय गरी अघि बढ्नु पर्ने माग वडा र नगरपालिकामा राखेको भए पनि कतै बाट सुनुवाई नभएको भन्दै विरोध गरेका छन् । वडा कार्यालय वडा न. २ र ६ को सिमानामा पर्ने नदी किनारमा रहेको जग्गामा वडाको भवन निर्माण गर्न खोजिएको स्थानियको आरोप छ । अहिले वडा कार्यालय बसन्तामा निर्माण भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार