७ कार्तिक २०८१, बुधबार

भारतले अाज धौलीगंगाको बाँध खोल्ने



धनगढी । भारतले अाज (साेमबार) रातिदेखि भाेली (मंगलबार) साँझसम्म धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएकाे छ ।

साेमबार राति १२ बजेदेखि १६ असार १६ गते बेलुका पौने ७ बजेसम्म भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको जनाएकाे हाे ।

ड्यामको सरसफाई गरिने भन्दै सूचनामार्फत जानकारी दिईएको छ । एनएचपिसी लिमिटेड धौलीगंगा पावरस्टेसन धारचुलावाट पत्र प्राप्त भएकोले नदी किनाराका बासिन्दालाई सहज रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिएका छन् ।

कञ्चनपुर, दार्चुला, बैतडी, डडेल्धुरा, भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा गएर कुनै पनि क्रियाकलाप गर्न नजान र सतर्कता अपनाइराख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार