२३ बैशाख २०८१, आईतवार

होपव्रिजद्धारा क्वारेन्टाइन र अाइसाेलेसनमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण



धनगढी । होपव्रिज संस्थाले कैलालीको धनगढीस्थित दुई क्वारेन्टाइन र धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा स्थापना गरिएको आइसोलेसनमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

क्वारेन्टाइन र आइसोलेसनमा बसेका व्यक्तिहरुलाई खाद्यान्न अभाव हुन नदिन र सरसफाइमा सहयोग पुर्याउन सोमबार धनगढी उपमहानगरपालिकामार्फत त्रिनगर माध्यामिक विद्यालय शिद्धार्थ माध्यामिक विद्यालय र जडिबुटी प्रशोधन केन्द्रमा स्थापना गरिएको आइसोलेसनमा खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

संस्थाका प्रदेश संयोजक महेन्द्र बमले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडलाई विद्यालय र आइसोलेसनमै पुगेर सामाग्री हष्तान्तरण गरेका हुन ।

सामाग्री बुझ्दै नगर प्रमुख वडले संस्थाको सहयोगबाट क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा सहयोग पुगेको बताए । उनले संस्थालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरे ।

संस्थाले चामल दुई सय ५० किलोग्राम, चना दाल ६० किलो, आलु ३५, केराउ दाल ४० किलो, सोयविन ७६ किलो, तेल ११ प्याकेट, नुन सात प्याकेट, ग्यास सिलिण्डर तीन वटा सहयोग गरेको जनाइएको छ ।

यस्तै, ह्याण्ड वास लिक्युड नौ बोतल, रिफिल नौ प्याकेट, सर्जिकल मास्क एक सय ५० वितरण गरेको थियो । यस्तै, आइसोलेसनमा डिटोल सावुन ३०, सर्जिकल मास्क ६०, स्यानिटाइजर ३०, ओरल रिहाइड्रेसन सोलुसन ६०, टुथपेष्ट ३० र टुथ ब्रस ३० वटा सहयोग गरेको प्रदेश संयोजक महेन्द्र बमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार