२३ बैशाख २०८१, आईतवार

सलह नियन्त्रणमा जुट्याे धनगढी



धनगढी । कृषी विज्ञहरुले पश्चिम नेपालमा सलह किराको यात्रा हुन सक्ने पूर्व अनुमान गरेपछि धनगढी उप–महानगरपालिका ब्यबस्थापनको पूर्व तयारीमा जुटेको छ ।

आईतबार उप–महानगरपालिकाले १९ वटै वडाका वडा अध्यक्ष, कृषी शाखाका कर्मचारीहरु संग छलफल गरेको छ । त्यसको स्थानीय स्तरमा कसरी क्षति घटाउन सकिन्छ भनेर छलफल गरेको छ । धनगढीका नगरप्रमुख नृपबहादुर वडले सलह किराको सम्भाब्य जोखिम र त्यसको ब्यबस्थापनका बारेमा छलफल गरेको बताए । जोखिम घटाउनका लागि स्थानीय स्तरमा के गर्न सकिन्छ सबै उपाय अपनाउन वडा अध्यक्षहरु र कृषी प्राविधिकहरुलाई निर्देशन दिएको छु नगरप्रमुख वडले भने, क्षति घटाउनका लागि थाल ठटाउने, ड्रम बजाउने, स्पीकर बजाउन , धुँवा गराउन, आगो बाल्न लगायत सबै प्राकृतिक विधी अपनाउन किसानलाई आग्रह गरेका छौं ।
मध्य नेपाल तीर सलह किरा पुगिसकेको पुष्ठी भैसकेको छ नगरप्रमुख वडले भने, नेपाल भित्रिएका सलहका बथान सोमबारबाट क्रमशः पश्चिमतिर सर्दै जाने पूर्वानुमान मौसम विदहरुले पनि गरेका छन् । हावा जता बहन्छ, सलह किरा पनि त्यतैतिर उडेर जाने भएकाले सोमबारदेखि नै सलह किराहरु पश्चिमतिर सर्दै जाने अनुमान गरिएको समाचार आईरहेका छन् नगरप्रमुख वडले भने, त्यसैले यसको ब्यबस्थापनका बारेमा पूर्व तयारी आवश्यक छ ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बैठकमा वडा अध्यक्षहरु संग बसेर स्थानीयतहले सलहको क्षति घटाउन कसरी पूर्व तयारी गर्न सकिन्छ भनेर सुझाव लिने काम भएको बताईन । यसको क्षति घटाउनका लागि अपनाईने उपायका बारेमा किसान सम्म सूचना पु¥याउनका लागि जिङ्गल बनाएर माईकिङ गर्ने र वडातहबाट पनि सूचना प्रवाह गर्ने कुरा भएको उप–प्रमुख भट्टले बताईन ।
धनगढी उप–महानगरपालिका कृषी शाखा प्रमुख लोकराज उपाध्यायले सलह किराले जतीबेला पनि खतराको घण्टी बजाउन सक्ने बताए । उनले भने, त्यसैले छलफल सुरु गरेका हौं । सलह किराले खेतीपातीमा गर्ने क्षति घटाउन प्रजनन् गर्न सक्ने ठाउ“ नष्ट पार्ने, खेतबारीमा लसुन पानी छर्किने, झुलजालको प्रयोग गर्न सकिने आदी विधी छन् उपाध्यायले भने, बिषादीको पनि प्रयोग गर्न सकिन्छ । सलह किराले किसानको खेतबारीमा नोक्सानी पु¥याउछ । करोडौंको बथान हुने भएकाले हेक्टरौमा लगाएको अन्नपात फलफुल एक दिनमै सखाप बनाउ“छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार