२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिमा दुई हजार तीन सय काेराेना संक्रमित



धनगढी । सुदुरपश्चिममा थप एक सय ९५ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रादेशिक प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिभुवन शिक्षण अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी आईतवार एक सय ९५ जनामा कोरोना संक्रमित भएका हुन् । योसंगै सुदुरपश्चिममा संक्रमितको संख्या दुई हजार तीन सय नौ पुगेको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार बाजुराका ९५ जना, डडेल्धुरा र दार्चुलाका दुई जनामा कोरोना पुष्टि भएको हो । शिक्षण अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बाजुराका २९ महिला र ३४ पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा बाजुराकै ११ महिला र २१ पुरुषमा कोरोना पुष्टि भएको उनले बताए ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डडेल्धुराका एक पुरुष र दार्चुलाका एक पुरुष गरी दुई जनामा संक्रमण देखिएको हो ।
यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा डोटीका ६९ र कैलालीका २९ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको आइतबार सबैभन्दा बढि डोटीको पूवीचौकी गाउँपालिकाका ४५ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए । जसमा छ महिला र ३९ पुरुष रहेका छन् ।
यस्तै आर्दश गाउ“पालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, केआईसिह गाउ“पालिका दुई जना पुरुष, दिपायल सिलगढी नगरपालिकाका एक महिला र दुई पुरुष गरी तीन जना रहेका छन् । यस्तै धनगढी उपमहानगरपालिकाका पाँच महिला र पाँच पुरुष गरी १० जना, कैलारी गाउँपालिकाका चार महिला र ६ पुरुष गरी १० जना, मोहन्याल गाउँपालिकाका दुई महिला र पाँच पुरुष गरी सात जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार